सामूहिक बलात्कारमा संलग्नलाई रिहा गरेको विरोधमा भारतभर प्रदर्शन

 भदौ १२, २०७९ आइतबार ११:४५:२५ | एजेन्सी
unn.prixa.net

सामूहिक बलात्कारको आरोपमा आजीवन काराबासमा परेका ११ जनालाई रिहा गर्ने निर्णयको विरोधमा भारतभर विरोध प्रदर्शन भएको छ ।

राजनीतिक शक्तिको आडमा दोषीलाई रिहा गरिएको भन्दै भारतका विभिन्न सहरमा प्रदर्शन भइरहेको छ । सन् २००२ मा गुजरातमा मुस्लिम समुदायकी  बिलकिस बानोमाथि सामूहिक बलात्कार भएको थियो भने त्यतिबेला भएको धार्मिक दङ्गामा उहाँका परिवारका १४ जनाको ज्यान गएको थियो ।

पाँच महिनाकी गर्भवती रहेकी बानोलाई बलात्कार गरेको आरोपमा ११ जनालाई सन् २००८ मा जन्मकैदको सजाय सुनाइएको थियो । तर, १५ वर्षको जेल सजाय भोगका उनीहरुलाई अहिले स्वतन्त्रता दिवसको अवसरमा रिहा गरेपछि विरोध प्रदर्शन सुरु भएको हो ।

प्रदर्शनकारीहरुले बलात्कारीको रिहाइ स्वीकार्य नरहेको बताएका छन् । उनीहरुले यस्ता घटनामा संलग्नको रिहाइले महिलाको सुरक्षामा असर पार्ने बताएका छन् । बानोलाई बलात्कार गर्नेहरु रिहा भएपछि उहाँको गाउँ रणधीकपुरबाट झण्डै पाँच सय मुसलमान विस्थापित भएका बीबीसी हिन्दीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया