असाेजदेखि शुक्रवार शेयर काराेबार नहुने

 भदौ १९, २०७९ आइतबार १४:१३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आउँदो असोजदेखि शुक्रवार शेयर कारोबार नहुने भएको छ । नेपाल स्टक एक्सचेन्जकाे आज आइतवार बसेको सञ्चालक समितिको बैठकले असोजदेखि शुक्रवार शेयर कारोबार नगर्ने र हप्ताको पाँच दिनमात्रै बजार खुला रहने निर्णय गरेको हो । 

लगानीकर्ताको माग, नियामक निकायको सुझाव र नेप्सेको कारोबार प्रणालीको मर्मत गर्नुपर्ने भएकाले शुक्रवार सेयर कारोबार बन्द गर्ने निर्णय भएको नेप्सेले जनाएको छ । असोजदेखि पहिलेजस्तै आइतवारदेखि विहीवारसम्म पाँच दिनमात्रै शेयर कारोबार हुने भएको हो । 

सरकारले शनिवार र आइतवार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि गएको जेठदेखि सोमवारदेखि शुक्रवारसम्म शेयर कारोबार गर्न थालिएको थियो । सरकारले दुई दिने बिदाको निर्णय खारेज गरे पनि नेप्सेले भने परीक्षणको रूपमा शुक्रवार दुई घण्टासहित हप्तामा ६ दिन बजार खुला राख्ने निर्णय गरेको थियो । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया