देउवाकाे टिप्पणी : ओलीले राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद् भङ्ग गरे

 कात्तिक १, २०७९ मंगलबार १६:२६:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताले चुनेकाे संसद् मनपरी ढङ्गले भङ्ग गरेकाे बताउनुभएकाे छ । 

आज मङ्गलवार ललितपुरमा आयोजित सत्तारूढ गठबन्धनको अगुवा कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्री देउवाले यस्ताे बताउनुभएकाे हाे । ओलीले राष्ट्रपति भण्डारीलाई राति २ बजे उठाएर संसद् भङ्ग गरेकाे टिप्पणी गर्दै भन्नुभयाे, ओलीजीले दुई पटक संसद् भङ्ग गरिदिनुभयो । जनताले चुनेको संसद् मनपरि ढङ्गले भङ्ग गर्न थालेको हुनाले नै संविधान बनाउँदा खेरी कुनै पनि हालतमा भङ्ग गर्न नपाउने व्यवस्था गरेका छौँ । राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद् भङ्ग गरिदिए हेर्नुस् । बिहानै गरे हुन्थ्यो । बिहान ६/७ बजेतिर गर्दा पनि हुन्थ्यो । त्यस्तो किसिमको एउटा लहडमा सदन भङ्ग गर्न थालेपछि त हामीले यो संसद् बचाउन आवश्यक थियो ।

कार्यक्रमा बाेल्दै प्रधानमन्त्री देउवाले सत्तारूढ गठबन्धनका उम्मेदवारलाई भोट हाल्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयाे । आफूले हँसिया हथाैडामा भोट हालिसकेको र आउँदाे चुनावमा पनि हाल्ने उल्लेख गर्दै कांग्रेसका नेता, कार्यकर्ताले पनि त्यसै गर्ने उहाँले बताउनुभयो । सत्तारूढ गठबन्धनले अत्यधिक बहुमत ल्याए देशमा स्थायी शान्ति, स्थायी लोकतन्त्र र गणतन्त्रले पनि स्थायित्व पाउने उहाँको दाबी थियो । 

प्रधानमन्त्री देउवाले सत्तारूढ दलका नेताहरूले सरकारलाई सहयोग गरेको भन्दै धन्यवाद पनि दिनुभयो । उहाँले नेपालको संविधान राम्रो भएको उल्लेख गर्दै त्यहीअनुसार अघि बढ्नुको विकल्प नरहेको पनि बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया