लगातार चौथो दिन पनि शेयर बजार घटेर राताम्मे, १ अर्ब ११ करोड रुपैयाँको कारोबार

 कात्तिक २४, २०७९ बिहिबार १५:२१:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लगातार चौथो दिन आज बिहीवार पनि शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ५२ अङ्कले घटेर एक हजार आठ सय ९३ दशमलव ७० विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा जलविद्युत्, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज दुई सय २६ वटा कम्पनीकाे ३१ लाख १४ हजार कित्ता शेयर एक अर्ब ११ करोड ९४ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १० करोड २२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज अपर हेवाखोला जलविद्युत् कम्पनीको शेयर सात प्रतिशत तथा किसान लघुवित्त, पञ्चकन्यामाई हाइड्रो, गुहेश्वरी मर्चेन्ट फाइनान्स, इमर्जिङ नेपाल र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंकको शेयर पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि मन्दाकिनी हाइड्रो कम्पनीको शेयर झन्डै चार प्रतिशतले बढेको छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया