बजेटकाे आकारलाई वास्तविक बनाउनुपर्छ : अर्थ मन्त्री

 माघ १८, २०७९ बुधबार २०:४४:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – उपप्रधान एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले बजेटको आकार तय गर्दा विगतकै अभ्यास दोहोर्‍याउन नहुने बताउनुभएको छ ।

बुधवार आर्थिक मिडिया सञ्चालक सङ्घ नेपाल (इमान) ले काठमाण्डाैमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले बजेटको आकारलाई वास्तविक बनाउनुपर्ने बताउनुभएको हो । उहाँले अहिले बजेटको आकारका विषयमा छलफल चलिसकेको पनि बताउनुभयो ।

मन्त्री पाैडेलले खर्च कटौतीसम्बन्धी अर्थ मन्त्रालयले महत्त्वपूर्ण निर्णय गरेको भए पनि अर्थतन्त्रको सुधारका लागि त्यतिमात्रैले नपुग्ने उल्लेख गर्नुभयाे । आर्थिक नीति परिमार्जन गर्ने बेला भएको पनि उहाँकाे भनाइ छ । उहाँले आउँदा दिनमा संरचनागत तथा नीतिगत सुधार गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै अहिलेका नयाँ समस्याहरूको चाङलाई बिस्तारै कम गर्दै लैजाने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘देशको आर्थिक समस्याको समाधानका बारेमा चर्चा भइरहेको छ । समस्याका प्रवृत्तिहरू फरक–फरक छन्, कति तात्कालिक महत्त्वका समस्याहरू छन्, तत्काल समाधान गर्नुपर्छ । कति दीर्घकालीन छन्, कति मध्यकालीन छन्, त्यहीअनुसारका नीतिहरू अघि सार्नुपर्छ । अहिले सरकारले जे–जस्ता नीतिहरू अघि सार्दैछ, यो भनेको ज्वरो आउनुभन्दा अघि किन आयो भन्नुभन्दा सिटामोल ख्वाइन्छ, त्यसैले कतिपय बेला तत्कालका उपायहरू अपाउनुपर्छ । अब परिस्थितिले हामीलाई के भनेको छ भने बजेटको आकारको बारेमा हामी सच्चिनै पर्छ ।’

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया