१७ खर्ब रुपैयाँ हाराहारीको बजेट आउँदै

 जेठ १५, २०८० सोमबार ७:३६:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले आज आर्थिक वर्ष २०८०/८१ को आयव्ययको विवरण अर्थात् बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा दिउँसो सवा ४ बजे बजेट प्रस्तुत गर्न लाग्नुभएको हो ।

आउँदो आर्थिक वर्षको लागि १७ खर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने सरकारको तयारी छ । योजना आयोगले आउँदो आर्थिक वर्षका लागि १६ खर्ब ८८ अर्ब रुपैयाँको बजेट ल्याउन सिलिङ दिएको छ ।

आउँदो बजेटमा साधारण खर्च कटौती, पुँजीगत खर्चमा वृद्धि, अनावश्यक सरकारी संरचनाको खारेजी तथा मर्जर, प्रत्यक्ष वैदेशिक लगानीको सीमा हटाउने लगायतका विषयलाई प्राथमिकतामा राखिएको छ ।

अर्थमन्त्री महतले कार्यान्वयनयोग्य बजेट मात्रै ल्याउने बताउनुभएको छ । हिजो संसदमा आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा स्थिति पेस गरी बाहिरिने क्रममा अर्थमन्त्री महतले कार्यान्वयनको कुरालाई मध्यनजर राखेरै बजेट आउने बताउनुभएको हो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया