आउँदो बजेट समृद्धि, सुशासन र सामाजिक न्याय कायम गर्न केन्द्रित हुने

 जेठ १५, २०८० सोमबार १६:३१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले आउँदो आर्थिक वर्ष २०८०/८१ को बजेट आम नागरिकका आधारभूत पक्षलाई ध्यान दिएर बनाएको दाबी गरेको छ ।

संसदमा बजेट पेस गर्दै अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आउँदो आर्थिक वर्षको बजेट समृद्धि, सुशासन र सामाजिक न्याय कायम गर्न केन्द्रित हुने बताउनुभयो । गरिबी न्यूनीकरण, सूचना प्रविधिको प्रयोगलाई बढावा, युवालाई देशमै रोजगारी, स्रोत साधनको उचित प्रयोगमा ध्यान दिइएको उहाँको भनाइ छ ।

सरकारले साढे छ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य राख्दै १७ खर्ब रुपैयाँ आसपासको बजेट ल्याउने तयारी गरेको छ । योजना आयोगले आउँदो आर्थिक वर्षका लागि १६ खर्ब ८८ अर्ब रुपैयाँको बजेट ल्याउन सिलिङ दिएको छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया