तलब भत्ता र सामाजिक सुरक्षा भत्तामै धेरै पैसा खर्च हुँदा विकास बजेट कम भयो : अर्थमन्त्री

 जेठ १५, २०८० सोमबार १६:४०:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले तलब भत्ता र सामाजिक सुरक्षा भत्तामै धेरै पैसा खर्च हुँदा विकास बजेट कम भएको बताउनुभएको छ ।

संसदमा आउँदो आर्थिक वर्ष २०८०/८१ को बजेट पेस गर्दै उहाँले बजेटको ८० प्रतिशतभन्दा धेरै रकम सरकारी कर्मचारीको तलब भत्ता, सामाजिक सुरक्षा भत्ता र चालु प्रकृतिमा खर्च हुने हुँदा पुँजीगत बजेट घट्दै गएको देखिएको बताउनुभयो । 

संरचनागत र नीतिगत अप्ठ्याराका कारण आर्थिक गतिविधि कमजोर हुँदा वृद्धिदर कम हुने देखिएको अर्थमन्त्रीकाे भनाइ छ । कोभिड र युद्धका कारण मूल्यवृद्धि भएको र चर्को ब्याजदरका कारण लगानीमा कमी आएको उहाँले बताउनुभयाे । 

आयातमा प्रतिबन्ध लगाउँदा राजस्व कम उठेको र अमेरिकी डलरसँग नेपाली मुद्रा कमजोर हुँदा भुक्तानी प्रणालीमा असर पुगेको पनि उहाँको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • जस बहादुर राई

    May 29, 2023, 5:34 p.m.

    खै त ज जसले जे जसो भनेनि गर्ने केहि होइन क्यारे । तलब त काम गरेको ले लिए । भत्ता त नेता ले नै बढि कुम्ल्याएको होला त्यो पनि डलरमा पोको पार्ने प्रचलन राखेको छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया