बिउँतियाे सांसद विकास कोष, ८ अर्ब २५ करोड रुपैयाँ विनियोजन

 जेठ १५, २०८० सोमबार १९:२०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले सांसद विकास कोष बिउँताएकाे छ । आर्थिक वर्ष २०७८/७९ को बजेटबाट हटेको सांसद विकास कोष अहिले पुनः बिउँतिएकाे हो ।

अब हरेक निर्वाचन क्षेत्रमा पाँच करोड रुपैयाँका दरले रकम विनियोजन हुने भएको छ । यसबाट एउटा आयोजनाका लागि एक करोड रुपैयाँभन्दा कम खर्च गर्न पाइने छैन । सांसद विकास कोषका लागि आठ अर्ब २५ करोड रुपैयाँ विनियोजन भएको छ ।

दुई वर्ष अघिसम्म प्रतिनिधि सभाका प्रत्यक्ष निर्वाचित सांसदलाई आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि छ करोड रुपैयाँ दिइँदै आएकाे थियो ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया