काठमाण्डौ उपत्यकामा लागुऔषध कारोबारमा संलग्न पाँच विदेशीसहित १२ जना पक्राउ

 असार ८, २०८० शुक्रबार १४:१२:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै -  नेपाल प्रहरीले लागुऔषध कारोबारमा संलग्न पाँच जना विदेशी नागरिकसहित १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । 

काठमाण्डौ उपत्यकामा लागुऔषधकाे अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा अनुसन्धानमा खटिएकाे प्रहरी टाेलीले १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा जर्मनका नागरिक पाउल वेर्स्ट, चितवनका  महेश चौध्री, काठमाण्डाै चन्द्रागिरिका सुगम मैनाली, काठमाण्डाैकै मुखिया गुरुङ, मोरङका बच्चन भनिने राज गौतम, चेक रिपब्लिकका  मार्टिना सेर्ना,  इटालियन नागरिक डेभिडमिनाडिओ, धादिङ रुबीभ्यालीका दावा तामाङ र नरबहादुर तामाङ, झापाका सुमन लिम्बू, भारतकाे बिहारका हेमन्तकुमार भगत र सञ्जीव कुमार रहेका छन् । उनीहरुलाई खैराे हिराेइन, चरेस, कोडिन, कोकिन,  गाँजा लगायतका लागुऔषधकाे काराेबारमा संलग्न भएकाे आराेपमा पक्राउ गरिएकाे हाे । 

उनीहरुबाट बरामद भएकाे  लागुऔषधको अवैध बजारमूल्य २ करोड ३३ लाख १५ हजार २५० रुपैयाँ बराबर रहेको प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया