'वान एक्स बेट' प्रकरण : अरूको नागरिकता प्रयोग गरी ३१ कराेड रुपैयाँकाे कारोबार

 असार २१, २०८० बिहिबार १६:१३:२९ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – 'वान एक्स बेट' मार्फत अनलाइन जुवा खेलाएको आरोपमा पक्राउ परेका एजेन्ट दिनेश खड्काले मञ्जुरीविना अन्य केही व्यक्तिको नागरिकता प्रयोग गरेको पाइएको छ । 

खड्काले अनलाइन जुवा खेलमार्फत ३१ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको पाइएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । 

गएकाे जेठ ३० गते पक्राउ परेका खड्काले केही व्यक्तिको नागरिकता प्रयोग गरी उनीहरूको मन्जुरीबिना ४२ वटा खाता खोलेर विद्युतीय माध्यम दुरुपयोग गरी अनधिकृतरूपमा खातामा ३१ करोड ३२ लाख ६४ हजार दुई सय ५२ रुपैयाँ जम्मा गरेर त्याे रकम अन्य खातामा पठाएको खुल्न आएको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । 

उहाँका अनुसार खड्काविरुद्ध दुई जना पीडितले बैङ्किङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (क) र (ख), दफा ५ को (क) र (ग) र दफा ६ बमोजिम कसुर गरेको किटानी जाहेरी काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयमा दिएकामा आवश्यक कारबाहीका लागि टेकुमा रहेकाे जिल्ला प्रहरी परिसर पठाइएको छ ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया