काठमाण्डौसहित देशभर चिसो बढ्यो, तराईमा हिजोअस्ति भन्दा पनि बाक्लो हुस्सुु

 माघ ८, २०८० सोमबार ९:११:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ - आज काठमाण्डौ उपत्यकासहित देशभर चिसो बढेको छ । देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात र तराई मधेसमा बाक्लो हुस्सु कुहिरो लागेपछि चिसो बढेको हो ।

आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम ३ दशमलव ८ डिग्री सेल्सियस छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ४ दशमलव १ डिग्री रहेको थियो । यसअघि गएको पुस २० गते शुक्रवार काठमाण्डौमा यो वर्षकै सबैभन्दा कम तापक्रम ३ दशमलव ५ डिग्री मापन गरिएको थियो । काठमाण्डौ उपत्यका बाहिर पनि चिसो बढेको छ ।

उच्च पहाडी र हिमाली क्षेत्रमा झन् बढी चिसो छ । दोलखा जिरीको न्यूनतम तापक्रम १ डिग्री, जुुम्लाको माइनस ५ दशमलव ६ र मुस्ताङ जोमसोमको तापक्रम माइनस ५ दशमलव शून्य डिग्रीसम्म पुुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज तराई मधेसमा हिजोअस्तिको तुलनामा बाक्लो हुस्सु कुहिरो लागेको मौसमविद् प्रतिभा मानन्धरले बताउनु भयो । बाक्लो हुस्सु कुहिरो लागेको भए पनि शीतलहर घोषणाका लागि मापदण्ड नपुगेको र मौसमी अवस्थालाई विश्लेषण गरी शीतलहरको घोषणा गरिने उहाँले बताउनु भयो ।

अधिकतम तापक्रम औसतमा पाँच डिग्री सेल्सियस वा त्योभन्दा कम भएमा, लगातार केही दिनसम्म उच्चतम र न्यूनतम तापक्रम बीचको दूरी पाँच डिग्री वा त्योभन्दा कम भएमा, भिजिबिलिटी वा पारदर्शीता कम भएमा, साँझबिहान शीत झरेमा लगायतका सूचकका आधारमा शीतलहर घोषणा गरिने उहाँले बताउनु भयो । लामो समयदेखि बाक्लो हुस्सुका कारण तराईको जनजीवन कष्टकर भएको छ । 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया