ईपीएस भाषा पास गरेकाहरुले कार्यक्षेत्र परिवर्तन गर्न पाउने

 बैशाख १५, २०८१ शनिबार ९:३२:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका नौ हजार ४२८ जनाले कार्यक्षेत्र अर्थात रोष्टर परिवर्तन गर्न पाउने भएका छन् । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाकाअनुसार कृषि तथा पशुपालन र उत्पादनमूलक काममा रोजगारीमा लागि कोरिया जान भाषा परीक्षा उत्तीर्ण गरेकाहरूलाई कार्यक्षेत्र परिवर्तन गर्ने दक्षिण कोरियाले मौका दिएको हो ।

ईपीएस कोरिया शाखाले नौ हजार ४२८ जनाको सूची सार्वजनिक गरेको छ । सूचीमा रहेका व्यक्तिले वैशाख १४ गते शुक्रवारदेखि १८ गतेसम्म ईपीएस कोरिया शाखामा दरखास्त दिनुपर्नेछ । त्यसका लागि शाखाको वेबसाइटमा रहेको नमुना फाराम प्रिन्ट गरेर पूर्ण रूपमा आफ्नो विवरण भरेर फाराममा राहदानी अनुसारको दस्तखत गरी शाखाको इमेलमा पठाउनुपर्ने ईपीएस कोरिया शाखाले जनाएको छ । आवेदन दिनका लागि पूर्ण रूपमा भरेको कार्यक्षेत्र परिवर्तनको फाराम, राहदानी, परीक्षाको प्रवेश पत्र पेश गर्न शाखाले भनेको छ । 

तपाईको प्रतिक्रिया