दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
विश्वभर जताततै कोरोनाको त्रास छ । मान्छे कामकाज छाडेर घरभित्र सुरक्षित साथ बसेका छन् । तर म काम गर्ने ठाउँमा भने काम रोकिएको छैन ।
म आबुधाबीको विमानस्थलमा इतिहाद एयरवेजको इन्जिनियरिङमा काम गर्दै आएको करिब ६ महिना भयो । यहाँ हामी ४ सय ५० जना कार्यरत छौं । हाच्छ्यूँ गर्दा पनि सर्छ रे कोरोना । तर हामी त एकै ठाउँमा सयौं जना काम गर्छौं ।
काम चलिरहेकै छ । ४/५ दिन पहिले क्याम्पमै शिविर खडा गरेर पीसीआर प्रविधिबाट हाम्रो कोरोना परीक्षण भएको थियो । त्यस परीक्षणमा ५२ जनालाई कोभिड १९ पोजिटिभ देखाएको थियो । ती सबै सँगै काम गर्ने साथीहरु थिए ।
अहिले उनीहरुलाई अन्तै राख्ने तयारी भएको छ । त्यसमा भारतीय, पाकिस्तानी र बंगाली छन् । नेपाली पनि भएको भन्ने जानकारी छैन । हामी पहिले सँगैको कोठामा बस्थ्यौं । उनीहरुलाई के हुने हो थाहा छैन । मेरो मन आत्तिएको छ ।
एउटै कम्पनीका यति धेरै साथीहरु सङ्क्रमित भइसकेपछि भोलि हामीलाई पनि के हुने हो भन्न सकिन्न । काम गर्ने बेला सामान्य स्वास्थ्य सुरक्षाका कुरा त अपनाइन्छ, तर त्यतिले मात्र केही होला जस्तो लाग्दैन ।
सरकारले कता, कोसँग कुरा गरेको छ रे । खै कोसँग गरेको हो, यहाँ काम गर्ने हामीहरुलाई केही थाहा भएन । अर्काको देशमा आएर नेपालीहरु यसरी जोखिमपूर्ण अवस्थामा हुँदा पनि सरकारले केही गरेको छ जस्तो लाग्दैन ।
हामी बरु नेपालमा एक महिना नै क्वरेन्टीनमा बस्न तयार छौं तर यहाँ बस्न सक्दैनौं ।
खाडी र मलेसियामा बिहीबारकाे काेराेना अपडेट : सङ्क्रमित नेपालीको सङ्ख्या ५२ पुग्यो, ५ निकाे भए, ४७ जना अस्पतालमा |