श्रमिकको अधिकार संरक्षणका लागि पर्याप्त लगानी गर्न मानव अधिकार आयोग आग्रह

 पुस ३, २०८० मंगलबार ७:१४:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - राष्ट्रिय मानव अधिकार आयोगले श्रमिकको अधिकार संरक्षणका लागि पर्याप्त लगानी गर्न आग्रह गरेको छ । आयोगले सरकारसँग वैदेशिक रोजगारीमा गएकाले देशको अर्थतन्त्रलाई पुर्याएको योगदानको अनुपातमा उनीहरुको मानव अधिकार संरक्षणका लागि राज्यले पर्याप्त लगानी गर्न आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले निकालेको विज्ञप्तिमा पीडितको न्यायमा पहुँच पुर्याउन, वैदेशिक रोजगार व्यवस्थापनको विषयलाई राष्ट्रिय महत्त्वका साथ लिन सरकारको ध्यानाकर्षण गरिएको छ ।

आयोगले पछिल्लो समय युक्रेन, रुस, अफगानिस्तान, म्यानम्यारलगायत युद्धग्रस्त देशमा नेपाली जोखिमयुक्त अवस्थामा रहेको सूचना विभिन्न माध्यमबाट सार्वजनिक भएको र भारतमा जाने नेपाली श्रमिकको मानव अधिकार संरक्षण विद्यमान राष्ट्रिय कानुनले सम्बोधन नगरिनु अर्को समस्याका रुपमा रहेको जनाएको छ ।

यसवर्ष अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस नेपालमा सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरि मनाइँदैछ । आयोगले यसअघि अस्ति पनि विज्ञप्ति निकालेर रूस र युक्रेनबीचको युद्धमा परेका नेपाली नागरिकको तत्काल उद्धार गर्न सरकारलाई आग्रह गरेको थियो ।

तपाईको प्रतिक्रिया