थाइल्याण्ड र म्यानमारको सिमानामा अलपत्र १३ नेपालीको उद्धार

 चैत १०, २०८० शनिबार ६:५८:० | उज्यालो सहकर्मी
unn.prixa.net

थाइल्याण्ड र म्यानमारको सिमानामा अलपत्र १३ जना नेपालीको उद्धार भएको छ । चिनियाँ आपराधिक समूहको जालोमा परेर त्यहाँ पुगेका उनीहरुलाई हिजो उद्धार गरी काठमाण्डौ ल्याइएको हो ।

म्यान्मारको विकट गाउँ पुर्‍याएर डिजिटल ठगी धन्दामा लगाएकामध्ये १३ जनालाई उद्धार गरी नेपाल ल्याइएको थाइल्याण्डमा रहेको नेपाली दूतावासले जनाएको छ ।

थाई परराष्ट्र मन्त्रालय, थाई इमिग्रेसन ब्यूरो र नेपाली राजदूतावासको समन्वयमा उनीहरुको उद्धार भएको हो । उद्धार भएका नेपालीले त्यहाँ अरु नेपाली पनि अलपत्र परेका बताएका छन् ।

तपाईको प्रतिक्रिया