Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

कार्यक्रम देश परदेशको अंक ६१९

श्रम स्वीकृति लिनेहरूमध्ये पहिलो पटक अन्तर्राष्ट्रिय श्रम बजारमा जानेको संख्या ६८ प्रतिशत छ । बिदामा आएर फेरि पुरानै कम्पनीमा फर्किने ३२ प्रतिशत छन् । बैदेशिक रोजगारीमा नेपाली श्रमिकको माग पनि बढ्दै गएको छ । यसैले पनि बैदेशिक रोजगारीलाई सुरक्षित बनाउन विभिन्न कामहरु भइरहेका छन् । कार्यक्रम देश परदेशको अंक ६१९ मा श्रमिकका लागि बन्नुपर्ने नितिबारे श्रम आप्रवासन विज्ञ डाक्टर गणेश गुरुङ्गसँग कुराकानीको कुराकानी समावेश छ । त्यसैगरी, स्वदेशमै काम गरेर आय आर्जन परिमार्जन गर्नुभएकी धादिङको निलकण्ठ नगरपालिका वडा न २ बसाहकी भिमा सुवेदीको अनुभव सुनाउनुभएको छ । साथै, सामाजिक सुरक्षा कोषसँग सम्बन्धीत तपाईंले राख्नुभएको जिज्ञासाको जवाफ दिदैं हुनुहुन्थ्यो सामाजिक सुरक्षा कोषका प्रवक्ता विवेक पन्थीले दिनुभएको छ ।