काठमाण्डौका निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको समयसीमा

 चैत १६, २०८० शुक्रबार ८:५८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले महानगरभित्र रहेका निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको समयसीमा दिएको छ । महानगरपालिकाले हिजो सूचना निकालेर निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको समय दिएको हो ।

शिक्षा नियमावली २०५९ को नियम १५४ (१) तथा काठमाण्डौ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० मा व्यवस्था भएअनुसार नेपालीपन झल्कने गरी विद्यालयको नाम राख्नुपर्ने महानगरको भनाई छ ।

महानगरपालिका अन्तर्गतको शिक्षा विभागले निकालेको  सूचनामा नेपालीपन झल्कने गरी विद्यालयको नाम राख्नका लागि प्रक्रिया अघि बढाई एक महिनाभित्र विद्यालय व्यवस्थापन समितिको निर्णयसहित निवेदन पेस गर्न सबै निजी विद्यालयहरुलाई अनुरोध गरिएको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया