बाग्मतीका मुख्यमन्त्री जम्कट्टेलले सोमवार विश्वासकाे मत लिने

 चैत १६, २०८० शुक्रबार १८:७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आउँदो १९ गते सोमवार विश्वासको मत लिनुहुने भएको छ । नेकपा (माओवादी केन्द्र) का मुख्य सचेतक रत्न ढकालले आज विश्वासको मतसम्बन्धी प्रस्ताव दर्ता गर्नुभएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

नयाँ गठबन्धन बनेसँगै नेपाली कांग्रेसले गएको फागुन २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीहरू फिर्ता गरेको थियो । कांग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लाग्नुभएको हो । एक सय १० सदस्यीय बाग्मती प्रदेश सभामा बहुमतका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ ।

सत्तारूढ गठबन्धनमा रहेका नेकपा (एमाले) का २७, माओवादीका २१ र नेकपा (एकीकृत समाजवादी) का सात सांसद छन् । विपक्षमा रहेका नेपाली कांग्रेसका ३७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १३ र नेपाल मजदुर किसान पार्टीका तीन जना सांसद छन् । दुई सांसद रहेको हाम्रो नेपाली पार्टीले पनि हिजो गठबन्धनमा सहभागी हुने सहमति गरेको थियो । तर हाम्रो नेपाली पार्टीभित्र विवाद छ । हाम्रो नेपाली पार्टीका दुई सांसदले मत दिएमा विश्वासको मत पुग्नेछ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया