दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
दाङ – पाँच नम्बर प्रदेश प्रहरी कार्यालय दाङले प्रहरी सहायक निरीक्षक र प्रहरी जवानलाई निलम्बन गरेको जनाएको छ ।
प्रदेश प्रहरीले इलाका प्रहरी कार्यालय तुलसीपुरमा कार्यरत थुनुवा कमाण्डर प्रहरी सहायक निरीक्षक सुनिलजंग शाह र प्रहरी जवान शेरबहादुर बुढाथोकीलाई निलम्बन गरेको प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले जानकारी दिनुभएको छ ।
कार्तिक २५ गते सारर्वजनिक अपराधको मुद्दामा संलग्न थुनुवा बिष्णु बुढाथोकी गुडिरहेको गाडीबाट हाम फालेर भागेपछि प्रदेश प्रहरीले दुवै जना प्रहरीलाई निलम्बन गरेको हो । पदमा रहिरहँदा प्रमाण नष्ट र मुद्दालाई समेत प्रभावित पार्न सक्ने भन्दै प्रहरी साहयक निरीक्षक शाहलाई निलम्बन गरेको प्रवक्ता मल्लले बताउनुभयो ।
यसअघि प्रहरी जवान बुढाथोकीलाई म्याद थप गरेर हिरासतमा राखिएको छ भने शाहको विषयमा थप अनुसन्धान भइरहेको छ । यस्तै त्यस समयमा रहेका अन्य ९ जना प्रहरी जवानमाथि पनि अनुसन्धान हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
थुनुवासँगसँगै बसेका प्रहरी जवान शेरबहादुर बुढाथोकीले लापर्वाही गरेको र अर्का थुनुवा बसन्त बस्नेतले अपराधी भाग्न सघाएको भन्दै दुवै जनालाई सारर्वजनिक न्यायविरुद्धको कसुर सम्बन्धी मुद्दा चलाएको प्रवक्ता मल्लले जानकारी दिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।