राष्ट्रिय सभा उपाध्यक्षका लागि आज उम्मेदवारी दर्ता

 चैत २७, २०८० मंगलबार ९:३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । सङ्घीय संसद् सचिवालयका अनुसार आज बिहान ११ बजेर ४५ मिनेटदेखि १ बजेर ४५ मिनेटसम्म उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गरिनेछ । मनोनयन दर्ता कार्यक्रम नयाँ बानेश्वरमा रहेको सङ्घीय संसद् भवनको ल्होत्से हलमा हुनेछ ।

संविधानले राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षमध्ये एक जना महिला हुनुपर्ने व्यवस्था गरेको छ । अध्यक्ष नारायण दाहाल रहेकाले संवैधानिक व्यवस्थाअनुसार दलले उम्मेदवारी दिँदा उपाध्यक्ष पदमा महिला उम्मेदवार तय गर्नुपर्नेछ । राष्ट्रिय सभामा अहिले ५८ सदस्य छन् । माओवादी केन्द्रका १७, नेपाली कांग्रेसका १६, एमालेका १०, नेकपा (एकीकृत समाजवादी)का आठ, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका एक-एक तथा दुई जना मनोनीत सदस्य छन् ।

माओवादी केन्द्र नेतृत्वको सत्ता गठबन्धनमा एमाले, एकीकृत समाजवादी र जसपा नेपालबिच राष्ट्रिय सभाको उपाध्यक्ष पदमा उम्मेदवारी दिनेबारे सहमति जुटाउने प्रयास भैरहेको छ । गठबन्धनमा सहभागी दलको ३७ मत छ । जुन बहुमतका लागि पर्याप्त हुनेछ ।

निर्वाचन तालिका अनुसार आज दर्ता भएका प्रस्तावको सूची आजै प्रकाशन गरिनेछ । दर्ता भएका प्रस्तावलाई राष्ट्रिय सभाको भोलि बस्ने बैठकमा निर्णयार्थ प्रस्तुत गरिनेछ । गएको १५ गते राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिनुभएको थियो । माओवादी केन्द्रकी सांसद अर्याल २०७९ माघ २३ गते राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको थियो ।

पछिल्लो पटक सत्ता समीकरण बदलिएसँगै माओवादीले अध्यक्ष र एमालेले उपाध्यक्ष लिने सहमति भएको थियो । तर राष्ट्रिय सभा उपाध्यक्षमा एकीकृत समाजवादीले पनि दाबी गर्दै आएको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया