गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न सर्वोच्चको आदेश

 चैत २८, २०८० बुधबार १८:३८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको छ ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई संविधान विपरीत मुख्यमन्त्री नियुक्त गरेको भन्दै निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हिजाे मङ्गलवार सर्वोच्चमा दायर गर्नुभएको रिटमाथि आज बुधवार सुनुवाइ गर्दै न्यायाधीश विनोद शर्माको एकल इजलासले अन्तरिम आदेश दिएको हो ।

सर्वोच्चले अधिकारीलाई मुख्यमन्त्री नियुक्तिसम्बन्धी कागजातसमेत सक्कलै फाइन पेस गर्न भनेको छ । गण्डकी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयमार्फत आउँदो वैशाख ७ गते दिउँसाे ३ बजेसम्म लिखित जवाफ पेस गर्न समय दिएको छ । यससँगै यस मुद्दालाई पूर्ण इजलासमा सुनुवाइ गर्न पनि आदेश भएको छ । सर्वोच्चले अग्राधिकार दिएको मुद्दाको सुनुवाइका लागि आउँदो वैशाख १० गते पेसी तोक्न भनिएको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया