लुम्बिनीका मुख्यमन्त्री महरालाई विश्वासकाे मत

 चैत ३०, २०८० शुक्रबार १७:६:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सभामा विश्वासको मत पाउनुभएको छ । आजकाे प्रदेश सभा बैठकमा उहाँले विश्वासकाे मत पाउनुभएकाे हाे ।

८७ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री महराले बहुमत ४८ मत प्राप्त गर्नुभयो । महरालाई नेकपा एमालेका २९ जना, नेकपा माओवादी केन्द्रका १० जना, नागरिक उन्मुक्ति पार्टीका चार जना, जनता समाजवादी पार्टी (जसपा) का तीन जना, नेकपा एकीकृत समाजवादीका एक जना र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ जना सांसदले मत दिएका छन् ।

लुम्बिनी प्रदेश सभामा ८७ जना सांसद रहेकामा राप्रपाका एक जना निलम्बित छन् । मुख्यमन्त्री महराकाे विपक्षमा नेपाली कांग्रेसका २७, जनमतका तीन जना सांसद रहेका थिए । तर उहाँकाे विपक्षमा २८ मत परेको थियो । राप्रपाका तीन र लोसपाका तीन जना सांसद तटस्थ बसेका छन् ।

डिल्लीबहादुर चौधरीले गएको २२ गते राजीनामा दिएपछि अर्को दिन २३ गते महरालाई प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया