धनगढीमा एक युवकको हत्या

 मंसिर १, २०७५ शनिबार ९:५१:४२ | निर्मला खडायत

कैलाली – कैलालीको धनगढी वडा नम्बर ४ मा एक युवकको हत्या भएको छ । 

धनगढी उपमहानगरपालिका –४, का २६ वर्षीय विजय थापाको शुक्रबार राति हत्या भएको प्रहरीले जनाएको छ । 

शुक्रबार ९ बजे राति प्रदेश प्रमुख कार्यालय नजिकै रहेको कलश होटेलको पछाडिपट्टि विजयको शव लिएर हिँडिरहेको अवस्थामा देखेर स्थानीयले  त्यसै ठाउँका २६ वर्षीय आशिष सेठीलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए । 

आशिषले विजय छतबाट लडेकाले उपचारका लागि नजिकैको अस्पतालतर्फ लैजान लागेको बताएका छन् । घटनामा संलग्न भएको आरोपमा सेठीलाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा राखेको छ । यद्यपि हत्याको कारण र तरिकाबारे भने अनुसन्धान भैरहेको प्रहरीले जनाएको  छ ।
 

अन्तिम अपडेट: फागुन २९, २०८०

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया