प्रतिमा शर्माको सहयोगका लागि वडा अध्यक्षले दिए ३ महिनाकाे तलब

 मंसिर १, २०७५ शनिबार १७:५१:५१ | गोविन्द शर्मा
unn.prixa.net

बाँके –  एमबीबीएसमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल बाँकेको खजुरा गाउँपालिका-४, डि गाउँकी प्रतिमाको शर्माको पढाईलाई पूर्णता दिन सहयोग संकलन गर्ने उद्धेश्यले प्रतिमा शर्मा सहयोग समिति गठन गरिएको छ ।

पूर्ण छात्रवृत्तिमा नाम निकालेको भएपनि प्रतिमाको पढाई सम्पन्न गर्नका लागि करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । कमजोर आर्थिक अवस्थाका कारण प्रतिमाको परिवारले सो रकम जम्मा गर्न नसक्ने भएपछि सहयोग समिति गठन गरिएको हो ।

प्रतिमाको सुरुको भर्नासमेत छिमेकीले ऋण लिएर गरिदिएका छन् । उनको उच्च मावि तह अध्ययन पूरा गरेको ऋण समेत तिर्न बाँकी छ ।  खजुरा गाउँपालिका वडा नम्बर-४ का अध्यक्ष तिलकवीर सुनारको संयोजकत्वमा समिति गठन भएको हो ।

सहयोगका लागि एनआईसी एसिया बैंकमा वडा अध्यक्ष सुनार र प्रतिमाकी आमा सितादेवी शर्माको नाममा रहेको खाता नम्बर  बि १८७०००४५८९५२४०१ मा रकम जम्मा गर्न सकिने वडा अध्यक्ष सुनारले बताउनुभयो । ।

समितिको शनिबार बसेको बैठकमा ८० हजार रुपैयाँ संकलन भएको छ । यसअघि वडा अध्यक्ष सुनारको पहलमा संकलन भएको एकलाख ९१ हजार रुपिया प्रतिमालाई हस्तान्तरण भइसकेको छ ।

शुक्रबार खजुरा गाउँपालिका-१ का अध्यक्ष सुमन मल्लले प्रतिमाका अभिभावकलाई ३ महिनाको तलब ५९ हजार ४०० रुपिया सहयोग गर्नुभएको थियो ।

 

अन्तिम अपडेट: चैत ५, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया