लुम्बिनी, गण्डकी, सुदूरपश्चिम र कोशी प्रदेशका केही ठाउँमा हावाहुरीको सम्भावना

 बैशाख १५, २०८१ शनिबार ८:४१:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – आज लुम्बिनी, गण्डकी, सुदूरपश्चिम र कोशी प्रदेशका केही ठाउँमा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम, गण्डकी र कोशीका पहाडी क्षेत्रका केहि ठाउँमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षा तथा उच्च पहाडी र हिमाली एक–दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना छ ।

अहिले देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । काठमाण्डौ उपत्यकासहित कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली छ । बाँकी अरु ठाउँमा मौसम सफा नै रहेको महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया