राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक दुई वटा टिपर पुगे

 बैशाख १५, २०८१ शनिबार ९:३३:४७ | रासस
unn.prixa.net

तस्बिर : रासस

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा दुईवटा टिपर पुगेका छन् । नेपालगञ्ज, सुर्खेत हुँदै एक हप्ता लगाएर ती टिपर सिमकोट पुगेका हुन् । सदरमुकाम सिमकोटमा दक्षिण कर्णाली करिडोरको बाटो भएर पहिलो पटक हुम्ला पुगेका टिपर र चालकलाई हिजो स्थानीयबासिन्दाले फूलमालाले स्वागत गरेका थिए ।

उत्तरी नाम्खा गाउँपालिकाको च्याछरा भिर खण्डको सडक छिचोल्नका लागि आवश्यक १२ हजार डिजेल ढुवानी गर्ने क्रममा ती टिपर सिमकोट पुगेका हुन् । नेपाली सेनाले निर्माण गरिरहेको सर्केगाड र खार्पुनाथ गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने छारे भिर सडकखण्ड पार गरेर दुईवटा टिपर सिमकोट पुग्न सफल भएका हुन् ।

नाम्खाको च्याछरा भिर छिचोल्ने जिम्बा लिएको ओएसिस इन्जिनियर्स एन्ड बिल्डर्स प्रालिका प्रेम कार्कीका अनुसार कामका लागि डिजेल आवश्यक परेपछि टिपरमा पुर्‍याइएको हो । च्याछरा सडक निर्माणका लागि डिजेल नहुँदा काम रोकिएपछि जिल्ला प्रशासन र मन्त्रालयमा आग्रह गरेपछि छारे खण्डबाट नेपाली सेनाले टिपर गुड्नका लागि अनुमति दिएको थियो ।

छारे भिरबाट ती गाडी चल्न नदिएपछि तीन दिन स्याल्तडी बसेर विभिन्न प्रक्रिया पूरा गरेपछि मात्र अनुमति प्राप्त भएको थियो । टिपरले खार्पुनाथ गाउँपालिकाको कर्णाली नदी पार गरेर पुगेका हुन् । नेपाली सेनाले छारे सडक खण्डबाट अन्य कुनै पनि गाडी र मानिसलाई आवतजावत गर्न दिएको छैन ।

उत्तरी नाम्खाको च्याछरा सडक छिचोल्न बाँकी रहेको १७ किलोमिटर सडकका लागि अझै ३० हजार डिजेल आवश्यक पर्नेछ । च्याछरा सडकखण्ड आउँदो असार १० गतेसम्म ठूला गाडी गुड्नसक्ने बनाउने लक्ष्य भए पनि आवश्यक सामग्रीको अभाव छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया