वेस्ट इन्डिज 'ए' ले टस जित्याे, नेपाललाई बलिङकाे निम्ताे

 बैशाख १६, २०८१ आइतबार १२:१८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालसँगकाे पाँच खेलकाे टी–२० क्रिकेट शृङ्खलाकाे दाेस्राे खेलमा वेस्ट इन्डिज 'ए' ले टस जितेकाे छ ।

कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर वेस्ट इन्डिज 'ए' का कप्तान राेस्टन चेजले पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन् । नेपालले बलिङ गरिरहेकाे छ ।

आजकाे खेलमा नेपालले टाेलीमा पाँच जना खेलाडी परिवर्तन गरेकाे छ । आज लोकेश बम, आरिफ शेख, सोमपाल कामी, आकाश चन्द र सागर ढकाल टाेलीमा आएका छन् । हिजाे पहिलो खेलमा खेलेका विवेक यादव, प्रतिस जिसी, कमलसिंह ऐरी, अबिनाश बोहरा र ललित राजवंशी बाहिर छन् ।

हिजाे भएकाे पहिलाे खेलमा नेपालले वेस्ट इन्डिज 'ए' लाई ४ विकेटले हराएकाे थियाे । टी–२० क्रिकेट शृङ्खलाकाे तेस्राे खेल बुधवार, चौथो खेल बिहीवार र पाँचौँ तथा अन्तिम खेल शनिवार हुनेछ ।

नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको शृङ्खला खेल्न लागेको हो । यो शृङ्खलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका जानेछ । वेस्ट इन्डिज पहिलो पटक नेपाल भ्रमणमा आएको हो ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया