च्याम्पियन्स लिग सेमिफाइनल : आज राति बार्यन र रियल मड्रिड खेल्दै

 बैशाख १८, २०८१ मंगलबार १५:२९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यूईएफए च्याम्पियन्स लिग फुटबलको पहिलो सेमिफाइनल खेल आज राति हुँदैछ । सेमिफाइनलको पहिलो लेगमा आज राति पौने १ बजे जर्मन क्लब बार्यन म्युनिख र स्पेनी क्लब रियल मड्रिड खेल्दैछन् । यो खेल बार्यनको घरेलु मैदान एलिनाज एरिनामा हुनेछ ।

क्वार्टरफाइनलमा बार्यनले इङ्ग्लिस क्लब आर्सनल र रियल मड्रिडले अर्काे इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीलाई हराएर अन्तिम चारमा पुगेका हुन् । बार्यनले आर्सनललाई ३–२ गोलले हराउँदा रियलले सिटीलाई पेनाल्टीमा ४–३ गोलले हराएको थियो ।

च्याम्पियन्स लिगमा रियल मड्रिड सबैभन्दा सफल टिम हो । रियलले सबैभन्दा धेरै १४ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । यस्तै बार्यन म्युनिखले छ पटक उपाधि जितेको छ ।

च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलमा भोलि राति पौने १ बजे बोरुसिया डर्टमन्ड र पेरिस सेन्ट जर्मेइन अर्थात् पीएसजी खेल्दैछन् ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया