सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीकी टीका थापा कृषिमन्त्री नियुक्त

 बैशाख १८, २०८१ मंगलबार १८:१६:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले नागरिक उन्मुक्ति पार्टीका सांसद टीका थापालाई मन्त्री नियुक्त गर्नुभएको छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी थापालाई प्रदेश प्रमुख नजिर मियाले आज पद तथा गोपनीयताको शपथ गराउनुभयो । यसअघि नागरिक उन्मुक्तिकै कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त गरिएको थियो । चौधरी र थापाकै कारण कांग्रेस नेतृत्वको सरकारका मुख्यमन्त्री कमलबहादुर शाह अल्पमतमा परेर राजीनामा दिनुभएको थियो ।

सत्ता साझेदार दल एमाले र माओवादी केन्द्रले भने अहिलेसम्म मन्त्री पठाएका छैनन् । मुख्यमन्त्री सोडारीले सत्ता साझेदार दलहरूसँग विश्वासको मत लिने सन्दर्भमा छलफल गरिरहेको बताउनुभएको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया