सप्तरीको महादेवा चिमटीमा आगलागी : एक सय १० घरगोठ जलेर नष्ट

 बैशाख १९, २०८१ बुधबार ७:३९:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – सप्तरीको महादेवा गाउँपालिका–१ चिमटीमा आगलागी हुँदा एक सय १० घरगोठ जलेर नष्ट भएका छन् । आगलागीबाट केही पशुचौपाया मरेका छन् । मानवीय क्षति भने नभएको प्रहरीको भनाई छ । हिजो बेलुका ५ बजेतिर लागेको आगो राति ११ बजे मात्र निभाइएको थियो । चिमटीमा ६ वटा दमकल प्रयोग गरि स्थानीय बासिन्दा र प्रहरी मिलेर आगो निभाएका हुन् ।

चिमटी बस्तीमा पश्चिम दक्षिण क्षेत्रबाट सल्केको आगो हावाहुरीका कारण पूर्वतर्फ रहेको बस्तीमा फैलिएको थियो । क्षतिको पूर्ण विवरण सङ्कलन गर्ने काम भैरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो । आज बिहानैदेखि आगलागी प्रभावित क्षेत्रमा राहत र व्यवस्थापनको काम शुरु भएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

अन्तिम अपडेट: जेठ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया