चितवनको रत्ननगरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको ज्यान गयो

 बैशाख २०, २०८१ बिहिबार १३:२:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा स्थानीय सुमित महतो र जीवन चौधरीको ज्यान गएको छ ।

ना २२ प ३४४४ नम्बरको मोटरसाइकल रत्ननगर नगरपालिका–४ का सुमन गदालको घरमा ठोक्किएको थियो । उनीहरूको उपचारका क्रममा भरतपुर अस्पतालमा ज्यान गएको हो ।

यसैबीच सर्लाहीको छुट्टाछुट्टै ठाउँमा भएका दुर्घटनामा एक जना महिलाको ज्यान जानुका साथै तीन जना घाइते भएका छन् । गए राति मलङ्गवा नगरपालिका–१ भेडियाहीमा मोटरसाइकलको ठक्करबाट स्थानीय ६५ वर्षीया मलकिनया देवीको ज्यान हो ।

यस्तै रामनगर गाउँपालिका–५ बिर्ता टोलमा रहेको हुलाकी सडकमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकलमा रहेका तीन जना घाइते भएका छन् ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया