अप्रिलमा १ लाख ११ हजार जनाभन्दा धेरै पर्यटक नेपाल आए

 बैशाख २०, २०८१ बिहिबार १५:३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – गएको अप्रिलमा नेपालमा एक लाख ११ हजार जनाभन्दा धेरै पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अप्रिलमा एक लाख ११ हजार तीन सय ७६ जना पर्यटक नेपाल आएका छन् ।

यो सङ्ख्या गएको वर्षको तुलनामा १२ दशमलव ७६ प्रतिशतले धेरै हो । यस्तै कोभिड–१९ महामारी शुरु हुुनुभन्दा अघि सन् २०१९ को अप्रिलमा भन्दा यो वर्षको अप्रिलमा झन्डै दुई हजार जनाभन्दा धेरै पर्यटक आएका बोर्डले जनाएको छ । यसरी हेर्दा पछिल्लो पाँच वर्षका अप्रिलमध्ये यो वर्षको अप्रिलमा सबैभन्दा धेरै पर्यटक आएका छन् ।

अप्रिलमा सबैभन्दा धेरै भारतबाट ३० हजार एक सय ५८ जना पर्यटक भित्रिएका छन् । यस्तै अमेरिकाबाट नौ हजार नौ सय ४७, चीनबाट नौ हजार सात सय ५०, बेलायतबाट पाँच हजार तीन सय ९१, अस्ट्रेलियाबाट चार हजार एक सय १०, बङ्गलादेशबाट चार हजार तीन, फ्रान्सबाट तीन हजार सात सय ५५, जर्मनीबाट तीन हजार दुई सय ७०, रुसबाट दुई हजार नौ सय ७७ र मलेसियाबाट दुई हजार तीन सय १० जना पर्यटक नेपाल आएका बोर्डले जनाएको छ ।

यो अङ्ग्रेजी वर्षको जनवरीमा ७९ हजार एक सय जना, फेब्रुअरीमा ९७ हजार चार सय २६ जना, मार्चमा एक लाख २८ हजार एक सय ७६ जना पर्यटक नेपाल आएका थिए । यसरी सन् २०२४ को चार महिनामा चार लाख १६ हजार ७८ जना पर्यटकको आगमन भएको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया