आईपीएल क्रिकेटमा कोलकाताले मुम्बईलाई २४ रनले हरायो

 बैशाख २२, २०८१ शनिबार ६:८:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्स्लाई २४ रनले हराएको छ । मुम्बईको वानखेडेमा गएराति भएको खेलमा कोलकाताले दिएको एक सय ७० रनको लक्ष्य पछ्याएको मुम्बई १८ ओभर ५ बलमा एक सय ४५ रनमा समेटियो । मुम्बईका सूर्यकुमार यादवले सर्वाधि ५६ रन बनाए । अरु खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

कोलकाताका मिचेल स्टार्कले ४ तथा वरुण चक्रवर्ती, सुनिल नरिन र आन्द्रे रसेलले समान २/२ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको कोलकाताले १९ ओभर ५ बलमा अलआउट हुँदै एक सय ६९ रन बनाएको थियो । कोलकाताका भेन्कटेश ऐयरले सर्वाधिक ७० रन बनाए । मनिष पाण्डेले ४१ रन जोडे । कोलकाता अरु खेलाडीले पनि राम्रो प्रदर्शन गर्न सकेनन् ।

जितसँगै कोलकाता १० खेलमा १४ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । पराजित मुम्बई ११ खेलमा ६ अङ्कका साथ नवौँ स्थानमा छ । आईपीएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र गुजरात टाईटन्स खेल्दैछन् । खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे बेंगलुरुमा शुरु हुनेछ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया