काठमाण्डौका विभिन्न क्षेत्रमा भोलिदेखि शुक्रवारसम्म ४ घण्टा बिजुली नआउने

 बैशाख २२, २०८१ शनिबार ९:४०:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले भोलि आइतवारदेखि २८ गते शुक्रबारसम्म काठमाण्डौका विभिन्न ठाउँमा बिजुली अवरुद्ध हुने जानकारी दिएको छ । कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्न लागिएकोले यी तीन केन्द्र अन्तर्गत विभिन्न ठाउँमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ४ घण्टा विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार भोलि २३ गते गोठाटार फिडर, २४ गते कालीमाटी र रिगमेन फिडर, २५ गते गोठाटार फिडर, २६ गते ताहाचल र चौमती फिडर, २७ गते गोठाटार फिडर र २८ गते मच्छेगाउँ फिडर अन्तर्गत  ठाउँहरुमा विद्युत आपूर्ति बन्द हुनेछ ।

भोलि फोर्स बसपार्कबाट तेजविनायक चोकसम्म, पर्सि सोमवार सोल्टीमोडबाट रविभवनसम्म, मङ्गलवार फोर्स बसपार्कबाट तेजविनायक चोकसम्म, बुधवार छाउनी अस्पताल क्षेत्र, बिहीवार तेजविनायक चोकबाट मानटार चोकसम्मको क्षेत्र र शुक्रवार ढाल्पाक चोकबाट राराहिल चोकसम्म बिजुली कटौती हुने सूचनामा उल्लेख छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया