विदेशी ऋणमा पुनर्संरचना गर्न श्रीलङ्कालाई जापानी विदेशमन्त्रीकाे आग्रह

 बैशाख २३, २०८१ आइतबार १३:२९:२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

जापानका विदेशमन्त्री योको कामीकावाले श्रीलङ्कालाई आफ्नो विदेशी ऋणमा पुर्नसंरचना गर्न आग्रह गर्नुभएको छ ।

श्रीलङ्काली समकक्षी अली साब्रीसँगको वार्तापछि जापानी विदेशमन्त्री कामीकावाले श्रीलङ्काको सबैभन्दा ठूलो द्विपक्षीय ऋणदाता चीनसहित सबैसँग पुर्नसंरचना सम्झौतामा पुग्नुपर्नेमा जोड दिनुभयो । उहाँले श्रीलङ्काको आर्थिक सुधार हिन्द–प्रशान्त क्षेत्रको स्थिरताका लागि आवश्यक भएकोमा पनि जोड दिनुभएको छ ।

‘हिन्द महासागरमा रणनीतिक स्थानमा रहेको श्रीलङ्काको स्थिरता र आर्थिक विकासको पुनर्संरचना सम्पूर्ण हिन्द–प्रशान्त क्षेत्रको स्थिरता र समृद्धिका लागि आवश्यक छ’, उहाँले भन्नुभयो । जापानले श्रीलङ्काको आर्थिक सुधारलाई भरपुर सहयोग गर्ने उहाँको प्रतिवद्धता छ ।

खराब आर्थिक अवस्थाकै कारण तत्कालीन राष्ट्रपति गोटबाया राजपाक्षे महिनौँको विरोधपछि सन् २०२२ जुलाईमा देश छोड्न र राजीनामा दिन बाध्य हुनुभएको थियो ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया