बाँकेमा पाँच हजार एक सय ३३ हेक्टर वन क्षेत्रफलमा डढेलो

 बैशाख २४, २०८१ सोमबार १२:५८:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार एक सय ३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । जिल्ला वन कार्यालय बाँकेका अनुसार नेपालगञ्ज सब–डिभिजन कार्यालय अन्तर्गतका १०, नरैनापुर सब–डिभिजन अन्तर्गतका नौ, सिक्टा सब–डिभिजनका १८, राप्तीसोनारी सब–डिभिजजनका चार, कोहलपुर सब–डिभिजनका २२ र शम्शेरगञ्ज सब–डिभिजनको एउटा चक्ला वनसहित गरी ७६ सामुदायिक वनमा डढेलो लागेको छ ।

बाँकेमा एक सयको हाराहारीमा सामुदायिक वन छन् । जिल्ला वन कार्यालयका सहायक वन अधिकृत तथा सूचना अधिकारी वीरेन्द्र रोकाले धेरैजसाे ठाउँमा डढेलो नियन्त्रणमा आएको बताउनुभयो । लामो समयको सुक्खा खडेरी, जङ्गलमा मौवा टिप्न जाने बहानामा र चरिचरण गर्न जानेहरूको लापर्बाहीका कारण डढेलो लागेको अनुमान गरिएको छ ।

डढेलोका कारण खरायो, सर्प, विभिन्न प्रजातिका चरालगायत मरेका छन् । यसैबीच बाँकेका विभिन्न पालिकामा आगलागीका एक सय पाँच वटा घटना भएका छन् । २०८० सालकाे साउनदेखि २०८१ वैशाखसम्म भएका घटनामा एक जनाको ज्यान गएको भने छ जना घाइते भएका छन् ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया