अशाेक राई नेतृत्वकाे नयाँ दल निर्वाचन आयाेगमा दर्ता

 बैशाख २४, २०८१ सोमबार १७:१९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजन भएर बनेको नयाँ दल जनता समाजवादी पार्टीलाई दलको मान्यता दिएको छ ।

जसपा नेपालबाट विभाजित भएर जसपा नामको दल दर्ताका लागि हिजो बहुमत सांसद र बहुमत केन्द्रीय सदस्यले निर्वाचन आयोगमा निवेदन दिएका थिए । दल दर्तासम्बन्धी अध्यादेश खारेज भएको भए पनि अध्यादेशबाट बनेको राजनीतिक दल दर्तासम्बन्धी नियमावलीमा टेकेर दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

वरिष्ठ नेता अशोक राईले सात जना सांसद र ३० जना केन्द्रीय सदस्यकाे हस्ताक्षरसहित आयोगमा दल दर्ताको निवेदन दिनुभएको थियो । अध्यक्ष उपेन्द्र यादवले पार्टीभित्र एकलौटी गरिरहेको र अहिले भित्रभित्रै कांग्रेससँग गठबन्धनको तयारी गरिरहेको भन्दै असन्तुष्ट पक्षले बहुमतसहित नयाँ दल दर्ताको निवेदन दिएका हुन् ।

आज निर्वाचन आयोगले दल दर्ता गरिदिएसँगै जसपा नेपाल औपचारिक रूपमा फुटेको छ । अब सात जना सांसदसहित जसपा नामको नयाँ दल बनेको छ ।

जसपा नेपालले आज विज्ञप्ति निकालेर अध्यादेश निष्क्रिय रहेको अवस्थामा दल विभाजन हुन नसक्ने दाबी गरेको भए पनि निर्वाचन आयोगले दल विभाजन भएर नयाँ दल बनेको मान्यता दिएको हो ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया