आईपीएल क्रिकेट हैदराबादको शानदार जित : लखनउलाई  १० विकेटले हरायो

 बैशाख २७, २०८१ बिहिबार ६:२४:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले लखनउ सुपर जाइन्ट्सलाई हराएको छ । गएराति भएको खेलमा हैदराबादले लखनउलाई १० विकेटले हराएको हो । लखनउले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको हैदराबादले ९ ओभर ४ बलमा एक विकेट पनि नगुमाई १ सय ६७ रन बनायो ।

हैदराबादका ट्राभिस हेडले अविजित ८९ रन बनाए ।  अभिषेक शर्माले पनि अविजित रहदै ७५ रन जोडे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । उसका आयुष बडोनीले सर्वाधिक ५५ रन बनाए । हैदरावाद १२ खेलबाट १४ अङ्क जोडेर लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान खेलमा १२ अङ्कका साथ लखनउ छैटौँ स्थानमा छ ।

आईपीएलमा आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्दैछन् । खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया