वित्तीय अनुशासन कायम गर्न ‘आर्थिक कार्यविधि ऐन’ ल्याइँदै

 मंसिर २, २०७५ आइतबार १४:१२:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – वित्तीय जवाफदेहिता सुनिश्चित गर्न सरकारले ‘आर्थिक कार्यविधि ऐन’ ल्याउने घोषणा गरेको छ ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले वित्तिय संघीयता कार्यान्वयन भएको झण्डै ५ महिनापछि वित्तीय जवाफदेहिता सुनिश्चित हुने गरी आर्थिक कार्यविधि ऐन ल्याउन लागेको जानकारी दिनु भएको हो ।

सार्वजनिक वित्तीय व्यवस्थापनसम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीलाई आइतबार काठमाडौंमा उद्घाटन गर्दै उहाँले दातृ निकाय र करबाट जम्मा गरिएको रकम दुरुपयोग हुन नदिन पनि सरकारले आर्थिक कार्यविधि ऐन तत्काल ल्याउने तयारी गरेको स्पष्ट पार्नुभयो ।

उहाँले करको रकम दुरुपयोग हुन नदिन मातहतका सबै निकायलाई पुनः सचेत पनि गराउनुभयो । अर्थमन्त्री खतिवडाले वित्तीय संघीयता कार्यान्वयन सहज ढंगले अघि बढिरहेको दाबी गर्नुभयो ।

आर्थिक कारोबारलाई पारदर्शी बनाउन सरकारले सबै निकायमा विद्युतीय भुक्तानी कारोबार प्रणालीलाई लागू गर्ने कामलाई तीब्रता दिएको अर्थमन्त्री खतिवडाको भनाई छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया