गाेरखा बजारवासी रित्तो गाग्री लिएर पानी माग्दै 'सीडीओ' काे कार्यकक्षमै पुगे

 बैशाख २७, २०८१ बिहिबार १८:२४:५२ | रासस
unn.prixa.net

गाेरखा – गोरखा बजार क्षेत्रमा खानेपानीको चरम अभाव हुन थालेको छ । सुक्खायाम लागेसँगै खानेपानीको मुहान सुक्दै जाने र बजार क्षेत्रमा वितरण गरिएका लाइनको पानी समेत नियमित नआउँदा केही महिनादेखि गोरखा बजार क्षेत्रमा खानेपानीको अभाव हुन थालेको हो ।

गोरखा नगरपालिका–८ प्रतीक्षालयका सन्दीप ढकाल आजभोलि रातको ३ बज्न नपाउँदै खानेपानीका लागि जार र बोत्तल लिएर धारामा पुग्नुहुन्छ । बिहान अलि ढिलो पुगे एक जार पानीका लागि घण्टौँ लाइन बस्नुपर्ने बाध्यता रहेको उहाँले सुनाउनुभयो ।

घरमा धारा भए पनि पानी कहिले आउँछ भन्ने टुङ्गो नभएको गोरखा नगरपालिका–६ की स्थानीय गोमा श्रेष्ठले गुनासो गर्नुभयो । सार्वजनिक धारामा समेत यति बेला मूल सुकेर पानी सानो भएकाले एक गाग्री पानीका लागि धेरै समय कुर्नुपर्ने उहाँ बताउनुहुन्छ ।

खानेपानीको चरम अभाव भएपछि गएको बिहीवार रानीवन क्षेत्रका स्थानीय त रित्तो गाग्री लिएर पानी माग्दै प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमै पनि पुगेका थिए । बजार क्षेत्रमा खानेपानी वितरण गर्दै आएको दरौँदी लिफ्टिङ खानेपानी आयोजनाले धारामा पानी नदिएको भन्दै उनीहरूले प्रमुख जिल्ला अधिकारी भोला दाहालको ध्यानाकर्षण गराएका छन् ।

दरौँदी लिफ्टिङ खानेपानी आयोजना निर्माण भएपछि बजार क्षेत्रमा खानेपानीको समस्या अन्त्य हुन्छ भनेर दाबी नगरिएको पनि होइन । झन्डै ४४ करोड रुपैयाँको लागतमा आयोजना बने पनि सदरमुकामवासीलाई पानीको अभाव अहिले पनि उस्तै छ ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया