कर्मचारीबाट बिरामी बिदा माग भएपछि एयर इन्डियाका ८५ उडान रद्द

 बैशाख २८, २०८१ शुक्रबार ७:३:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

एयर इण्डियाका झण्डै सय जना कर्मचारीबाट अकस्मात बिरामी बिदा माग भएपछि हिजो एयर इन्डियाका ८५ उडान रद्द भएका छन् । अचानक माग भएको सामूहिक बिरामी बिदालाई नयाँ स्वामित्वले लगाएको भर्ती र पदोन्नतिको नयाँ नीतिमा कर्मचारीको असन्तुष्टिसँग जोडिएको छ ।

कम्पनीका प्रवक्ताले विज्ञप्ति निकालेर अप्रत्याशित परिस्थितिबाट यात्रुलाई हुने असुविधालाई ध्यानमा राखेर हरसम्भव प्रयास गरिरहेको जनाएको छ । कर्मचारी अभावका कारण मङ्गलबारदेखि ९० भन्दा धेरै उडान अवरुद्ध भएको एयरलाइन्सले अस्ति बुधवार जनाएको थियो । एयर इन्डियाले हरेक हप्ता दुई हजार पाँच सयभन्दा धेरै उडान गर्दै आएको छ ।

ऋणग्रस्त अवस्थाबाट निजीकरण गर्ने सरकारी प्रयासपछि सन् २०२२ मा भारतीय टाटा समूहले यो एयरलाइन्सलाई अधिग्रहण गरेको थियो ।    
 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया