आईपीएल क्रिकेटमा आज चेन्नई र गुजरात खेल्दै

 बैशाख २८, २०८१ शुक्रबार १२:१०:३० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज चेन्नई सुपर किङ्ग्स र गुजरात टाइटन्स खेल्दैछन् ।

यो खेल अहमदाबादमा नेपाली समयअनुसार बेलुका पौने ८ बजेदेखि शुरु हुनेछ । चेन्नई ११ खेलमा १२ अङ्कसहित तालिकाको चौथो स्थानमा र गुजरात समान ११ खेलमा ८ अङ्कसहित तालिकाको पुछारमा छ ।

साविकको विजेता टोली चेन्नई आईपीएल क्रिकेटमा सबैभन्दा सफलमध्येको एक टोली हो । उसले पाँच पटक उपाधि जितेको छ । गुजरात आफ्नो पहिलो सिजन सन् २०२२ मा विजेता र अघिल्लो सिजन उपविजेता बनेको थियो । गएकाे वर्ष अहमदाबदमा भएको फाइनलमा चेन्नईले गुजरातलाई ५ विकेटले हराएको थियो ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया