प्रिमियर लिगमा म्यानचेष्टर युनाईटेड र चेल्सी विजयी

 जेठ ३, २०८१ बिहीबार ७:१७:५८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले न्युक्यासललाई  हराएको छ । गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले न्युक्यासललाई  ३ –२  ले हराएको हो । म्यानचेस्टर युनाइटेडको जितका लागि कोवीई माईनो, अमद डायल्लोर रशमस हजलण्डले समान एक एक गोल गरे ।

यस्तै न्युक्यासलका एन्टोनी गोर्डन र लेवीस हलले एक एक गोल गरे । प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड ३७ खेलमा ५७ अङ्कसहित तालिकाको आठौँ स्थानमा छ  । समान खेल र समान अङ्क रहेको न्युक्यासल सातौँ स्थानमा छ ।

यस्तै गएराति नै भएको अर्को खेलमा चेल्सीले ब्राइटनलाई २ – १ को अन्तरले हरायो । चेल्सीका कोल पाल्मर र क्रिष्टोफर नकुन्कुले एक एक गोल गरे । उसका रेके जेम्सले रातो कार्ड पाएका थिए । यसैगरी ब्राइटनका ड्यानी वेलबेकले खेलको अन्तिम समयमा एक गोल फर्काउन सके ।

प्रिमियर लिगमा ३७ खेलमा ६० अङ्क रहेको चेल्सी छैटौँ स्थानमा छ । र ३७ खेलमा ४८ अङ्क रहेको ब्राइटन १० औँ स्थानमा छ ।

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया