चीनकाे सहयाेगबाट नेपालको विकास हुने ठूलो आशा छ : अर्थमन्त्री खतिवडा

 मंसिर २, २०७५ आइतबार १९:२८:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाडौं – अर्थमन्त्री डाक्टर युवराज खतिवडाले चीनबाट नेपालले आर्थिक विकासका लागि ठूलो भरोसा गरेको बताउनु भएको छ ।

अर्थमन्त्री खतिवडाले नजिकको छिमेकी हुनुको नाताले पनि चीनले नेपालको समृद्धिका लागि आवश्यक लगानी र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

आइतबार नेपाल–चीन मैत्री संघले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले चीनको ‘वान रोड वान बेल्ट’ अवधारणाले दक्षिण एसियाली राष्ट्रकै आर्थिक विकास र व्यापारमा ठूलो सफलता हात पार्ने पनि स्पष्ट पार्नुभयो ।

कार्यक्रममा बोल्दै नेपालका लागि चीनका राजदूत यू होङले चीनले विश्वमै लगानी र व्यापारका लागि आवश्यक वातावरण बनाउन ‘वान बेल्ट वान रोड’ को अवधारणा अघि सारेको स्पष्ट पार्नुभयो । उहाँले नेपालले सो अवधारणाको साथ दिएको भन्दै आभार पनि व्यक्त गर्नुभयो ।

राजदूत होङले व्यापारमा सबै राष्ट्रको सहभागितामा वृद्धि गर्न पनि ‘वान बेल्ट वान रोड’ को अवधारणा उपयोगी हुने पनि स्मरण गराउनुभयो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया