हत्याको आरोपमा दाजुभाइ पक्राउ

 मंसिर ३, २०७५ सोमबार १०:१७:८ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – प्रहरीले हत्याको आरोपमा २ जनालाई पक्राउ गरेको छ । ओमसतिया गाउँपालिका ५ बस्ने ३८ वर्षीय अंगद चौधरीको हत्या गरेको आरोपमा प्रहरीले स्थानीय चन्दन भन्ने राम रतन निषाद र ज्ञानु भन्ने रोशन निषादलाई पक्राउ गरेको हो । 

पक्राउ परेका उनीहरु दाजुभाइ हुन् । छठको रमझम हेर्न हिँडेका अंगद मृत अवस्थामा भेटिएका थिए । उनीहरुले नै हत्या गरेको आरोपमा परिवारले रतन र रोशनविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया