‘एण्टिबायोटिक्स प्रयोग गर्नु अघि सोचाैँ’

 मंसिर ३, २०७५ सोमबार १६:८:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सरकारले जथाभावी एण्टिबायोटिक औषधिको प्रयोग नगर्न सचेत गराएको छ । 

विश्व एण्टिबायोटिक्स सचेतना सप्ताहको सन्दर्भमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री एवंम स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले जथाभावी एण्टिबायोटिक औषधि प्रयोग नगर्न आग्रह गर्नुभएको हो । उहाँले आउँदो दिनमा यस सम्बन्धी सचेतना कार्यक्रमलाई राष्ट्रिय कार्ययोजनाका साथ अघि बढाउने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

उहाँले विज्ञको परामर्शबिना नै एण्टिबायोटिक औषधि सेवनको गति दैनिक बढ्दै गएको अवस्थामा सरकार एक्लैको प्रयास प्रभावकारी हुन नसक्ने भएकाले सबै वर्ग र तहबाट ऐक्यवद्धता आवश्यक रहेको बताउनुभयो ।

यस वर्षको विश्व एण्टिबायोटिक्स सचेतना सप्ताहको नारा ‘एण्टिबायोटिक्स प्रयोग गर्नु अघि सोचाैँ। चिकित्सक (स्वास्थ्यकर्मी)को सल्लाहमा मात्र एण्टिबायोटिक्सको प्रयोग गरौँ । यसको दुरुपयोगले हामी सबैलाई जोखिममा पार्छ’ रहेको छ । 

वैज्ञानिक एलेक्जेण्डर फ्लेमिङ्खले सन् १९२८ मा एक प्रकारको ढुसीबाट पेनिसिलिन नाम गरेको एण्टिबायोटिक्स औषधि पत्ता लगाएका थिए । तर १९४० को दशकको सुरुवातबाट मात्रै पेनिसिलिन व्यावसायिक रुपमा बजारमा आएको थियो । तर पछिल्लो दुई दशकदेखि एण्टिबायोटिक्स औषधिहरु कम प्रभावकारी हुदै गईरहेको अध्ययनहरुले देखाएका छन् । साथै विज्ञको सल्लाहबिना औषधि सेवन गर्ने क्रम पनि बढ्दै गएको छ । 
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया