रारा बहुमुखी क्याम्पसमा ६ महिनादेखि प्राध्यापक नआएपछि विद्यार्थीले गरे तालाबन्दी

 मंसिर ३, २०७५ सोमबार १९:५०:२७ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – पढ्न नपाएको भन्दै जनकपुरधामको सबैभन्दा पुरानो शैक्षिक संस्था रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । 

क्याम्पसमा पढ्न आए पनि सधैँ त्यत्तिकै फर्कँदा आफूहरुको भविष्य नै धरापमा परेको भन्दै विद्यार्थीहरुले सोमबार क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

सार्वजनिक बिदाबाहेकको दिनमा पनि क्याम्पसमा प्राध्यापकहरु नआउने गरेका कारण आफूहरुलाई  त्यत्तिकै फर्किनुपर्ने समस्या ६ महिनादेखि रहेको विद्यार्थीहरुको गुनासो छ । विद्यार्थीहरुले क्याम्पसमा नियमित पठनपाठन हुनुपर्ने अथवा नभए लिएको पैसा फिर्ता गरेर अन्यन्त्रै पढ्न पाउनुपर्ने वातावरण मिलाइदिन माग गरेका छन् ।
 
यता क्याम्पसका सहायक प्रमुख रामनरेश ठाकुरले सम्बन्धित विषयको शिक्षक नभएकाले कक्षा सञ्चालन गर्न समस्या भएको बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया