नेप्सेसँगै काराेबार रकम बढ्याे, विकास बैंक र फाइनान्समा आकर्षण
पुस २४, २०८१ बुधबार
काठमाडौं – नागरिक अभियन्ता डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको डाक्टरले बताएका छन् ।
छाती धेरै दुखेपछि केसीलाई सोमबार बिहान त्रिवि शिक्षण अस्पताल अन्तर्गतको मनमोहन कार्डियोथोरासिक, भास्कुलर तथा ट्रान्स्प्लाण्ट सेण्टरको क्रिटिकल केयर युनिट(सीसीयू)मा भर्ना गरिएको छ । उहाँको जाँच भइरहेको र अझै केही दिन अस्पतालमै राख्नुपर्ने उपचारमा संलग्न डाक्टर अरुण सायमीले बताउनुभयो । तर सबै स्वास्थ्य जाँचको पूर्ण रिपोर्ट आइनसकेकाले भोलि मात्रै विस्तृत जानकारी दिन सकिने उहाँले बताउनुभयो ।
डाक्टर केसीलाई सीसीयूको ४१५ नम्बर बेडमा राखिएको छ । केही सयमअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि यही बेडमा राखेर उपचार गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।