ट्राफिक प्रहरीलाई घुस दिने पक्राउ

 मंसिर ४, २०७५ मंगलबार ११:४५:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – ट्राफिक प्रहरीलाई घुस दिन खोजेको आरोपमा काठमाडौं कलंकी चोकबाट एकजना पक्राउ परेका छन् । 

ट्राफिक प्रहरी हवल्दार जालन्धरप्रताप यादवलाई पाँचसय रुपैयाँ घुस दिन खोजेपछि बाग्लुङबाट काठमाडौंका लागि छुटेको लु २ ख ७९९ नम्बरको बसका परिचालक गोमानसिंह पुनलाई पक्राउ गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

लेन अनुशासन उल्लघंन गरेकाले कारवाही गर्न खोज्दा परिचालक पुनले उनले कागजात भित्र ५ सय रुपैयाँ राखेर घुस दिन खोजेपछि पक्राउ गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 


 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया